Logo

नोवेलले अभिमुखिकरण कार्यक्रम गरि मनायो ३१औँ विश्व स्तनपान सप्ताह



काठमाडौं, २१ श्रावण । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले अभिमुखिकरण कार्यक्रम गरि ३१औँ विश्व स्तनपान सप्ताह मनाएको छ।

प्रत्येक वर्ष अगष्ट १ देखि ७ सम्म विश्वभर मनाईने विश्व स्तनपान सप्ताहको अवसरमा नोवेल कलेजले पोष्टनेटल र म्याटरनिटी वार्डका नर्सिङ्ग कर्मचारी, रेजिडेण्ट, इन्टर्न डाक्टर, नर्सिङ्ग विद्यार्थी (पिसिएल नर्सिङ्ग, विएस्सी नर्सिङ्ग, विएनएस) ले नोवेलको पोष्टनेटल वार्डमा भर्ना भएका सुत्केरी महिलाहरु र उनीहरुका कुरुवा आफन्तहरुलाई दैनिक अभिमुखिकरण कार्यक्रमको आयोजना गरी ३१ औं विश्व स्तनपान सप्ताह मनाएको हो।

अभिमुखिकरण कार्यक्रममा वार्ड इन्चार्ज र विद्यार्थीहरुले स्तनपानको महत्त्व, बच्चालाई स्तनपान गराउने तरिका, आमालाई आवश्यक पर्ने पौष्टिक आहार, मायाको अंगालो जस्ता विषयहरुमा प्रस्तुतीकरण गरेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot