Logo

हाम्रा नेता/कार्यकर्ताहरु ‘बरु एमालेतिरै जाने’ भन्नथालेः झलनाथ खनाल



काठमाडौं,२१ साउन । नेकपा एमालेबाट दुई वर्षअघि विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) पछिल्लो समय आन्तरिक किचलो र नेता कार्यकर्ताको पलायनले थिल्थिलो बनेको छ ।

आउँदो केन्द्रीय कमिटिको बैठकका बारेमा एजेण्डा तय गर्न शनिबारबाट नेकपा (एस) को स्थायी कमिटिको बैठक जारी छ ।

जारी बैठकमा सम्मानित नेता झलनाथ खनालले भने १६ पेज लामो लिखित दस्तावेज पेस गरेका छन् । ‘वर्तमान परिस्थिति र हामीले ध्यान दिनुपर्ने ज्वलन्त विषयहरू’शीर्षक राखेर पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पार्टी नेतृत्वप्रति आक्रोश पोख्दै दस्तावेज पेस गरेका छन् ।

नेता खनालले नेपाली कांग्रेस र माओवादी दुवैले नेकपा (एस) लाई धोका दिएको टिप्पाणी गरेका छन् । कांग्रेस र माओवादीको कारण नेकपा (एस) को छवि नराम्रोसँग गिरेको उनको दाबी छ ।

‘नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए । हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवी र साख नराम्ररी गिराई दियो,’– उनले दस्तावेजमा भनेका छन् ।

चुनावको परिणामले नेता तथा कार्यकर्ताहरु देशव्यापी रुपमा निरास भएको उनको दाबी छ । ‘कार्यकर्ताहरु देशव्यापी रुपमा निरास भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिंतनको विकास हुन थाल्यो र
पलायन बढदै गयो,’– उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot