Logo

बस सेवाले मनायो नवौं वार्षिकोत्सव, दश दिनसम्म १० जनाले नि:शुल्क यात्रा गर्न पाउने



काठमाडौं, २१ श्रावण । बस सेवाले नवौं वार्षिकोत्सव मनाएको छ।

नेपालको एकमात्र अनलाइन बस टिकटिङ्ग सेवा प्रदायक बससेवा डटकमले नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ।

बससेवा टुर्स एण्ड ट्राभल्स् अन्तर्गत रहेर २०७१ साउन २१ गतेबाट आफ्नो सेवा सुरू गरेको बससेवा आइतबारबाट दशौँ वर्षमा प्रवेश गरेको हो।

सो अवधिमा बससेवा डटकम नेपालभरका अधिकांश रूटहरूमा सेवा प्रदान गर्न सक्षम भएको बस सेवाले जनाएको छ।

बससेवाले नेपालमा मात्र नभएर भारतको नयाँ दिल्ली, बोधगया, मुजफ्फरपुरलगायतका शहरमा समेत अनलाइन टिकट बुकिङ्ग सेवा प्रदान गर्दै आएको दाबी गरेको छ।

बससेवाले हाल दैनिक ३ हजारभन्दा बढि यात्रुले बससेवा मार्फत टिकट काटी यात्रा गर्दै आएको र यो बीचमा बससेवाले यात्रुहरूलाई बस कुर्न झञ्झट नहोस् भन्ने उद्धेश्यले काठमाडौको ढुङ्गेअड्डामा प्यासेञ्जर लाउञ्जसमेत सञ्चालनमा ल्याएको जनाएको छ।

सोही लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, खानेपानी लगायतका सुविधा रहेका छन् भने लाउञ्जबाट सिधै बस चढ्न सकिने र जसले गर्दा यात्रुहरूलाई सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको बससेवाको दाबी गरेको छ।

दशौं वर्ष प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले भने, ‘बससेवा डटकमले यातायात क्षेत्रलाई प्रविधिसँग जोड्दै यात्रुहरूलाई अनलाइन मार्फत टिकट प्रदान गर्ने उदेश्यले आफ्नो सेवा सुरू गरेको हो। हामीले यो बिचमा विभिन्न उतारचढाव बेहोर्नुपरेपनि आम यात्रु र यातायात व्यवसायीले देखाउनुभएको विश्वास प्रति म धन्यवाद दिन चाहान्छु। आगामी दिनमा हामीले हाम्रो सेवालाई थप प्रभावकारी बनाउँदै आम यात्रुलाई सहज हुनेगरी सेवा विस्तार गर्दै जानेछौं।’

यसैबीच बससेवाले १०औं वर्ष प्रवेशका अवसरमा दशदिनसम्म हरेक दिन दशजनाले निशुल्क यात्रा गर्न सक्ने अफर सार्वजनिक गरेको छ। हरेक दिन गोलाप्रथामार्फत १० जनालाई शतप्रतिशत क्यासब्याक प्रदान गरिने घोषणा गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot