Logo

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी सांसदलाई प्रचण्डको निर्देशन



काठमाडौं,२२ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सांसदहरूलाई संघीय संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

आज बिहान सिंहदरबारमा माओवादी संसदीय दलको बैठक बसेको थियो । बैठकमा दलका नेता प्रचण्डले सांसदहरूलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको माओवादीका सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा उपाध्यक्ष समेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले केन्द्रीय कमिटी बैठकको मुल भाव तथा संघीय संसदमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराएको पाण्डेको भनाइ छ । त्यसक्रममा श्रेष्ठले सरकारले तीनवटा विधेयक संघीय शिक्षा ऐन, निजामति कर्मचारी र प्रहरी सम्बन्धि विधेयक दर्ता गर्ने तयारीमा रहेको जानकारी समेत गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot