Logo

अर्थ समितिसहित यी हुन् कांग्रेसले नेतृत्व पाउने ४ संसदीय समिति



काठमाडौं,२२ साउन । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय समितिको नेतृत्वमा भागबन्डा मिलेको छ ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आज बसेको संसदीय दलको बैठकमा समतिको नेतृत्वमा भागबन्डा मिलेको जानकारी गराएका छन् ।

दाहालले गराएको जानकारी अनुसार प्रतिनिधि सभामा रहेका १२ वटा समितिमध्ये नेपाली कांग्रेसले सबैभन्दा धेरै ४ समितिको नेतृत्व पाउने भएको छ । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३, माओवादी केन्द्रले २, जसपा, जनमत र नेकपा एसले समान १-१ समितिको नेतृत्व पाउनेछन् ।

यी हुन् नेपाली कांग्रेसले नेतृत्व पाउने संसदीय समितिहरु

सत्तारुढ दल नेपाली कांग्रेसले अर्थ समितिसहित ४ समितिको नेतृत्व पक्का गरेको छ । कांग्रेसले अर्थ, कृषि, संसदीय सुनुवाइ र राज्य व्यवस्था समितिको नेतृत्व पाउन सहमति सत्ता गठबन्धनमा भएको छ ।



प्रतिक्रिया दिनुहोस्