Logo

ललिता निवास प्रकरणको गल्पासोः जेनेभा जानुअघि माधव नेपालले भेटे प्रधानमन्त्री



काठमाडौं, २२ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले जेनेभा जानुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ललिता निवास जग्गा प्रकरणमा अदालतले गरेको आदेशका बारेमा छलफल गरेको खुलासा गरेका छन् ।

अध्यक्ष नेपाल प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्डलगायतका विभिन्न देशहरूमा आयोजना हुने पूर्वनिर्धारित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन टर्किस एयरको विमानबाट आज विहान ७ः३० बजे इस्तानबुल हुँदै जेनेभा प्रस्थान गरेका थिए ।

‘विदेश जानुअघि सर्वोच्च अदालतको आदेशबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै माधव नेपालले भन्नुभएछ । तपाईँकै सरकारको गुरुयोजना अघि बढाएको थिएँ । तपाईँकै आदेश मानेको थिए । तपाँई चाँही छानबिनमा आउनु नपर्ने ? यो पुष्टी भयो भनेत प्रचण्ड पो फस्ने भए त !’ बस्नेतले सामाजिक सञ्जालमा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्