Logo

देउवाको संक्षिप्त प्रतिक्रिया, ‘संसद् चल्ने वातावरण बन्दैछ’



काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् चल्ने वातावरण निर्माण भइरहेको बताएका छन् । आज (सोमबार) सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रमुख शीर्ष नेताहरुसँगको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद् सुचारु गर्नका लागि वातावरण निर्माण भइरहेको बताएका हुन् ।

बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति देउवा र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे सहभागी थिए ।

तीन शीर्ष नेताहरुसँग सभामुख घिमिरेले गरेको छलफल आज पनि निष्कर्ष विहीन बनेको छ । एमालेको अवरोधका कारण लामो समयदेखि संसद् बैठक बस्न सकिरहेको छैन ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समितिको माग गर्दै एमालेले संसद् अवरोध गरिरहेको हो । एमालेको मागप्रति सरकार सकारात्मक भने छैन । File Photo/RN 



प्रतिक्रिया दिनुहोस्

Screenshot