काठमाडौं, २२ श्रावण । हिमालयन लाइफ इन्स्योरेन्सले पोखरामा एजेन्सी म्यानेजर कन्फ्रेन्स कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबारदेखि सुरु भएको कार्यक्रम हिजो शनिबार भव्य रुपमा सम्पन्न भएको हो। युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले तीन वटै कम्पनीका एजेन्सी म्यानेजरहरुको भेला गरी भव्य कार्यक्रम गरेको हो।
सो कार्यक्रममा कम्पनीका सिईओ मनोजला कर्ण, डेपुटी सिईओ विपिन कुमार लालसहितको टिमले एजेन्सीहरुलाई पुनर्ताजगी तालिम प्रदान गरेको थियो। त्यस्तै, कार्यक्रममा बीमा अभिकर्ताहरुलाई चालु आवमा व्यवसाय रणनीति तर्जुमा गरी परिचालन गरेको छ।
पोखराको माउण्ट कैलाश रिसोर्टमा आयोजित भव्य र विशाल कार्यक्रममा ३०० जना भन्दा बढि एजेन्सी, सिनियर एजेन्सी तथा बीमा अभिकर्ताहरुलाई सम्मान गरिएको थियो। कम्पनीले यस पटक तीन वटा फरक फरक कम्पनीमा उत्कृष्ट व्यवसाय गर्ने उत्कृष्ट एजेन्सी म्यानेजरहरु युनियनबाट इन्द्र बिक, प्राइमबाट टेक प्रसाद आचार्य र गुराँसबाट कृष्ण बहादुर भट्टाराईलाई विशेष सम्मान गरिएको हो।
व्यक्तिगत रुपमा सबैभन्दा बढि व्यवसाय गर्ने युनियनबाट हिरन डोटेल, प्राइमबाट सरोज देवकोटा र गुराँसबाट बुद्ध कुमारी बस्नेतलाई विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा सिईओ मनोजलाल कर्ण, सिनियर डेपुटी सिईओ विपिन कुमार लाल तथा कम्पनीका मार्केटिङ प्रमुख माधव शर्माले उत्प्रेरणामूलक तालिम तथा पुनर्ताजगी तालिम दिएका थिए।
साथै कार्यक्रममा एमडिआरटी बिजेताहरुलाई पनि सम्मानति गरिएको थियो। कार्यक्रमपछि एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ताहरुमा उत्साह बढेको तथा कार्यक्षेत्रमा काम गर्न थप सजिलो हुने विश्वास लिएको तालिममा सहभागी अभिकर्ताहरुले बताएका छन्।