Logo

सेवा, संस्कृति र सुरक्षाको नारासहित समरस नेपालले आयोजना गर्यो ‘संस्कृति रक्षा उद्घोष’



काठमाडौं, २२ श्रावण । समरस नेपाल नामक संगठनको नेतृत्वमा ‘संस्कृति रक्षा उद्घोष’ कार्यक्रम सम्पन्न भएको छ।

सोमबारका दिन महोत्तरी र धनुषाको बाह्र महादेव मठहरूमा समरसको मूल उद्धेश्य ‘सेवा, संस्कृति सुरक्षा’ लाई केन्द्रमा राखी सनातनी नाराहरू लगाएर सम्पन्न भएको हो।

महोत्तरीको पाटु कपिलेश्वर महादेव, टूटेश्वरनाथ महादेव, मगरथाना मंगलनाथ महादेव, पंचधूरा माई स्थान, जलेश्वरनाथ महादेव र मटिहानीको साथै धनुषाको जनकपुरधाम, प्रानेश्वरनाथ ईटहर्वा, औरही, सतोषर महादेव, धनुषाधाम र क्षिरेश्वरनाथ महादेव महेन्द्रनगरसहितका स्थानमा एकसाथ र एकसमयमा संस्कृति रक्षा उद्घोष गरिएको हो।

समरसका संयोजक चन्दन दुबेका अनुसार सनातनी धर्म, मूल्य, मान्यताको मर्म संरक्षणार्थ समरसले माथि उल्लेखित क्षेत्रहरुमा बढ्दै गएको धर्मान्तरणलाई ध्यानमा राखी यो जाग्रण अभियानको अनुष्ठान गरिएको छ।

नेपालमा सस्तो लोकप्रियताको नाममा कहिले सीता त कहिले रामको जन्मस्थललाई बिवादको मुद्दा बनाउन खोज्ने शक्तिबाट सचेत रहनसमेत आह्वान गरिएको छ।



प्रतिक्रिया दिनुहोस्