Logo

हामीलाई सरकारको नेतृत्व गर्ने मान्छेमाथि नै विश्वास छैनः एमाले सांसद पन्त



काठमाडौं,२२ साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तले सुन तस्करीको बारेमा सत्यतथ्य छानविन हुनेमा आफुहरुलाई शंका रहेको बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन हुनेमा आशंका व्यक्त गरेका हुन्। उनले आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नै विश्वास नभएको बताए। उनले प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको पनि बताए।

उनले भने ‘सरकारको नेतृत्व गर्ने मान्छेमाथि नै विश्वास छैन नि। प्रचण्डजीले जतिसुकै ठूलो कुरा गरेपनि उहाँको कामले ढुक्क हुने अवस्था त छैन। राजस्वले राम्रै छानबिन गरेको थियो। हामीले संसद बन्द गरेपछि सीआईबीलाई दिने निर्णय भयो, त्यो पनि ठिकै छ। एउटा उच्चस्तरीय छानबिन समिति बनाए भयो नि। राजस्वको छानबिन पनि जारी रहन्छ। सीआइबीले गर्ने छानविन पनि जारी रहन्छ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot