Logo

दराज एपमा ‘Ask Daraz’ च्याटबट सुविधा सुरुवात



काठमाडौं, २२ साउन । नेपालको अग्रणी ई–कमर्श प्लेटफर्म दराजले आफ्नो ग्राहकहरुलाई मध्यनजर गर्दै ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन च्याटबट, “AskDaraz” लन्च गरेको छ ।

दराजमा Microsoft Azure Open AI सेवाको पछिल्लो संघटनको घोषणा गरिएको हो । OpenAI को  ChatGPT  द्वारा संचालित AskDarazले प्रयोगकर्ताहरूलाई AI च्याटबटसँग स्वाभाविक रूपमा छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउँछ।

AskDaraz ले ग्राहकको विशेष आवश्यकताहरूको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्नेछ। यसले ग्राहकहरूलाई उच्चस्तरीय अनुभवहरू प्रदान गरेर अफलाइन र अनलाइन किनमेलबीचको जानकारीहरुलाई प्रस्ट पार्नेछ।

यसको बारेमा बोल्दै दराजका प्रमुख कार्यकारी अधिकृत बिआर.के मिकेलसेनले भने, ‘हाम्रो मिशन भनेको वाणिज्यको शक्ति मार्फत समुदायहरूलाई उत्थान गर्नु हो । यो हाम्रो लागि एउटा महत्वपूर्ण माइलस्टोन हो किनकि हामीले नयाँ बजार विस्तार गर्न टेक्नोलोजीको प्रयोग गरीरहेका गर्छौं। बजारमा बढ्दो स्मार्टफोन अपनाउने दरको मुल्याङ्कन र त्यसमाथी हाम्रो एपमा Microsoft Azure OpenAI सेवाको फाइदा उठाएर, “AskDaraz” ले थप प्रयोगकर्ताहरूलाई हामीसँग नजिक भई सपिङ अनुभवलाई सहज बनाउनेछ ।

“हामी यस सेवाको क्षमता मार्फत दक्षिण एसियामा रिटेल क्षेत्रलाई रूपान्तरण गर्ने दराजको यात्रामा सहभागी हुन पाउँदा खुसी छौं। ई–कमर्स ल्यान्डस्केपमा अग्रणी रूपमा प्रस्तुत भएको दराजले प्रोडक्टको पहुँचलाई बढाएर, ग्राहकको संलग्नतालाई गहिरो बनाउदै ३० मिलियन ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । यसले एप भित्रको एकीकृत डिस्कभर सुविधा मार्फत नयाँ ग्राहक सेगमेन्टलाई पनि ट्याप गर्ने लक्ष्य राखेको छ । यो रिटेल विक्रेताहरू र ई कमर्स प्लेटफर्महरूलाई नयाँ क्षेत्रहरुमा ध्यानाकर्षन गर्न र जेनेरेटिभ AI को शक्तिले ग्राहक अनुभवलाई सहज गर्न मद्दत गर्ने अर्को चरण हो।”

दराज नेपालले ईलेक्ट्रोनिक्स, सौन्दर्य, फेसन, स्वास्थ्य तथा थुप्रै अन्य प्रोडक्टहरुको अनलाइन व्यापार गर्दछ | १८००० भन्दा बढी बिक्रेताहरूको नेटवर्क, १.५ मिलियन सक्रिय एप प्रयोगकर्ताहरू र देशभरका १०८ शहरहरूको प्रभावशाली कभरेजको साथ दराज नेपालले ई-कमर्स परिदृश्यलाई द्रुत रूपमा परिवर्तन गरेको छ।

 

 



प्रतिक्रिया दिनुहोस्