Logo

प्रधानमन्त्री निवास बालुवाटारमा ओली, संसद अवरोध हटाउने विषयमा तीन दलको बैठक सुरु



काठमाडौं, २३ साउन । संसद् अवरोध अन्त्य गर्ने विषयमा तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे र तीन दलका प्रमुख सचेतहरु सहभागी छन् ।

एक क्वीनटल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै एमालेले संघीय संसद् अन्तर्गतका दुवै सदन अवरुद्ध गरिरहेको छ । एमालेको मागप्रति सरकार सकारात्मक भने छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot