Logo

सभामुख र शीर्ष नेताको बैठक जारी, सिंहदरबार र बानेश्वरमा नमिलेको कुरा बालुवाटारमा मिलाउने प्रयास



काठमाडौं,२३ साउन । अवरुद्ध सदनको गतिरोध अन्त्य गर्नेबारेमा शीर्ष नेताहरु र सभामुख देवराज घिमिरेबीचको छलफल जारी छ ।

विहान ११ बजेदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा जारी छलफलमा सदनको अवरोध हटाउने बारेमा केन्द्रीत हुने बताइएको छ ।

छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै, पूर्व प्रधानमन्त्रीद्धय शेरबहादुर देउवा र केपी शर्मा ओली, तथा सभामुख देवराज घिमिरे सहभागी छन् । त्यस्तै एमाले संसदीय दलका उपनेता सुवाश नेम्वाङ, सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे पनि सहभागी रहेका छन् ।

यसअघि सोमबार दुई पटक छलफल भएपछि कुनै निष्कर्षमा पुग्न नसकेपछि सदन सूचारु हुन सकेको थिएनन् । सोमबार विहान सिंहदरबार र दिउँसो नयाँ बानेश्वरमा छलफल भएपनि सहमति हुन सकेको थिएनन् ।

गत साउन २ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणलाई लिएर एमालेले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ । सोमबारका लागि डाकिएको प्रतिनिधिसभा बैठक आज दिउँसो ३ बजेसम्म सूचना टासेर स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot