Logo

संसद्मा विश्वप्रकाशले बुझाए ‘आपत्ति’ र ‘नियमापत्ति’को फरक



काठमाडौं,२३ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा नियमावलीमा रहेका आपत्ति र नियमापत्ति शब्दलाई सबै राजनीतिक दल र सांसदहरुले बुझिदिन आग्रह गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दैशर्माले शर्माले ‘नियमापत्ति’ र ‘आपत्ति’ भन्ने शब्दको व्याख्यालाई गहिरोसँग बुझिदिन आग्रह समेत गरे । उनले नियमापत्ति गरेर यो संसद् अब चल्दैन भनेर भन्दै गर्दा निश्चित धारामा टेकेर उभिनुपर्छ भन्ने कुरा बुझिदिन आग्रहसमेत गरे ।

शर्माले भने, ‘नियमापत्ति भन्ने आपत्ति भन्ने शब्दको व्याख्यालाई गहिरोसँग बुझिदिन आग्रह गर्न चाहन्छु । अहिले मैले बोल्दै गर्दा भूकम्प गयो भने भाग्नका लागि नियमको यो पुस्तक पल्टाइराख्नुपर्दैन । जहाँबाट सजिलो हुन्छ त्यहीँबाट लाग्छौँ । यहाँ आपत्ति पर्‍यो । त्यस्तै आगलागी भयो भने सुरक्षित हुनका लागि हामीले धारा खोजिराख्नुपर्दैन । त्यसैले आपत्ति र नियमापत्तिको बीचमा फरक हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot