Logo

पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न राष्ट्र बैंकलाई स्वीकृति



काठमाडौं, २३ साउन । सरकारले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

‘अर्थ मन्त्रालयको प्रस्तावमा पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय पनि गरेको छ,’– सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।



प्रतिक्रिया दिनुहोस्