Logo

सत्ता पक्ष र प्रतिपक्षबीच संसद् बैठकमै घम्साघम्सी



काठमाडौं, २३ साउन । प्रतिनिधि सभा बैठक फेरि अवरुद्ध भएको छ ।लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद्मा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूमाथि उठेको प्रश्नको जवाफ दिएको थिए ।

गृहमन्त्री श्रेष्ठको जवाफ समस्याको समाधान तर्फ नभएर प्रमुख प्रतिपक्षीलाई नै लान्छना लगाउने र भ्रम छर्ने खाल्को भएको भन्दै एमालेले फेरि संसद अवरुद्ध गरेको हो । जवाफका क्रममा गृहमन्त्रीले उच्चस्तरीय छानविन समितिमा प्रवेश नै गर्न नचाहेको एमालेका सचेतक महेश बर्तौलाले बताए ।

गृहमन्त्रीले जवाफ सकाएलगतै एमालेले संसद अवरुद्ध गरेको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले एमाले सचेतक बर्तौलालाई समय दिए । बर्तौलाले आफ्नो कुरा राख्दै उच्चस्तरीय छानविन समितिको अडानबाट ब्याक हुन नसकिने बताए ।

त्यसपछि सभामुख घिमिरेले नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडालाई बोल्ने समय दिए । सोही क्रममा एमालेले निरन्तर नाराबाजी गरेपछि सभामुख घिमिरेले आगामी साउन २४ गते दिनको एक बजे बस्ने गरी सम्भावित कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot