काठमाडौं, २३ साउन । प्रतिनिधि सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । संसद्मा आज गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूमाथि उठेको प्रश्नको जवाफ दिएका थिए ।
गृहमन्त्री श्रेष्ठको जवाफ समस्याको समाधानतर्फ नभएर प्रमुख प्रतिपक्षीलाई नै लान्छना लगाउने र भ्रम छर्ने खाल्को भएको भन्दै एमालेले फेरि संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।
अर्को बैठक आगामी साउन २४ गते दिनको एक बजे बस्ने गरि स्थगित भएको छ ।