Logo

नेपाल टेलिकमको १० लाख बराबरको २० हजार थान रिचार्ज कार्ड हरायो



काठमाडौं,२४ साउन । नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ।

आज एक सूचना जारी गर्दै नेपाल टेलिकमले ५० रुपैयाँ दरका करिब १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको जनाएको छ ।

काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमले सूचनामा उल्लेख गरेको छ ।

टेलिकमले सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड खरिद बिक्री नगर्न वितरक र ग्राहकलाई अनुरोध गरेको छ।

ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन अथवा टेलिकमको कार्यालयमा सम्पर्क गर्न ‍नेपाल टेलिकमले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot