Logo

जसपाले बोलायो आकस्मिक कार्यकारिणी समितिको बैठक



काठमाडौं,२४ साउन । जनता समाजवादी पार्टी नेपालले आकस्मिकरुपमा कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जसपाले आवश्यक निर्णय लिन आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा आकस्मिक रुपमा बोलाइएको सो कार्यकारिणी समितिको बैठकले गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले समिति बनाउने बिषयमा छलफल हुनेछ । बैठक ११ बजेबाट सुरु हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot