Logo

उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ?: इन्दिरा राना



काठमाडौं,२४ साउन । उपसभामुख इन्दिरा रानाले आफूलाई बोल्न नदिइएको गुनासो गरेकी छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ ? भन्दै उनले प्रश्न गरिन् । उनले आफू जनजातिको छोरी भएका कारण बोल्न नदिएको हो ? भन्दै प्रश्न समेत गरिन् ।

उनले भनिन् ‘‘संविधान देशको लागि जनताको लागि नियतपूर्ण तरिकाले डेलिभरी भएको छ । मेरो प्रश्न छ । आज प्रतिनिधि सभामा हेर्नुहोस् त कति जना महिलाहरु बोल्नुहुन्छ ? त्यसरी नै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो कति ५-६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप चुप जहिले पनि मलाई । उप चुप भनेर त्यो संविधानले कहाँ लेखेको छ । नियममा कहाँ लेखेको छ, उप चुप भनेर । संसदमा पो मैले बोल्न मिल्दैन त, बाहिर किन बोल्न मिल्दैन मैले ? कि म पनि मगर, मतुवालीको छोरी भएर हो की ? यो मेरो प्रश्न छ’’ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot