Logo

तस्बिरमा हेर्नुहोस् आदिवासी जनजाति दिवसको उल्लास



काठमाडौं,२४ साउन । आज २९औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस देशैभर रहेका आदिवासी जनजाति समूदायले हर्सोलासका साथ मनाइरहेका छन् ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको थियो।

‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो।

नाराको अर्थ आफूले निर्धारण गरेअनुरूपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ।

दिवसका अवसरमा आज बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ। त्यसैगरी आदिवासी जनजाति महासङ्घले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना आयोजना गरेको छ।

सबै तस्बिरहरु: मुकुन्द कालिकोटे- रिर्पोटस नेपाल 

 



प्रतिक्रिया दिनुहोस्