काठमाडौं,२४ साउन । नेकपा एमालेले राष्ट्रिय सभा बैठकमा आजपनि अवरोध गरेको छ ।
बुधबारको बैठकमा समसामयीक विषयमा सबै दलका सांसदहरुले आफ्नो धारणा राखेपछि अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कार्यसूचीमा प्रवेश गराउन खोजेपछि एमाले सांसदहरुले विरोध जनाएका छन् ।
एमाले सांसदहरुले उठेर विरोध जनाएपछि अध्यक्ष तिमल्सिनाले नेकपा एमालेकी सांसद विमला घिमिरेलाई बोल्न समय दिएका थिए । अध्यक्षले समय दिएपछि बोलेकी घिमिरेले सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म सदन अगाडि बढ्न नसक्ने बताईन ।