काठमाडौं, २४ श्रावण । माओवादी केन्द्रका नेता वर्षमान पुनले पहिला मुखिया र जिम्मावालहरूको धारणा नै आममानिसको धारणा हुने गरेको बताएका छन्।
बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै नेता पुनले पहिलाको समयमा मुखिया र जिम्मवालहरूको धारणा नै आममानिसको धारणा हुने गरेको बताएका हुन्।
उनले भने, ‘पहिलापहिला मुखिया र जिम्मावालहरूको धारणा नै आममानिसको धारणा हुने जस्तो थियो। पछि राजनीतिक दलका धारणामा मानिस विभाजित थिए। अहिले त एउटा घरका चार जना फरक-फरक पेशामा छ भने चारै थरी विचारका हुन्छन्। चारैवटा स्वार्थको प्रतिनिधित्व गरेको हुन्छ। प्रविधिले गर्दा समाजको चरित्रमा यस्तो खालको बदलाब आएको छ।’