काठमाडौं,२४ साउन । सरकारले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई अमेरिकामा हुने कार्यक्रममा सहभागी हुन अनुमति प्रदान गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यहि असोज १३ देखि १७ सम्म अमेरिकाको टेक्सासमा हुने ‘‘2023 ICMA annual conference’’ विषयक कार्यक्रममा सहभागी हुन अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।