काठमाडौं, २४ श्रावण । संसदमा पदबाहालि भएपछि भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दै लंका हनुमानले नजलाएको र रावणको अहंकारले जलाएको बताएका छन्।
बुधबार अविश्वास प्रस्तावमाथिको छलफलमा बोल्दै नेता गान्धीले लैंका हनुमानले नभइ रावणको अहंकारले जलाएको बताएका हुन्।
उनले भने, ‘रावणले दुई जनाको कुरा मात्र सुन्थ्यो-एक मेघनाथ, अर्को कुभ्मकर्ण। मोदीले पनि दुई जनाको मात्र कुरा सुन्छन्। एक–अमित शाह र अर्को अढानीको। लंका हनुमानले होइन रावणको अहंकारले जलाएको हो। मणिपुर पनि मोदीको अंहकारले जलिरहेको छ।’