Logo

नवौं राष्ट्रिय खेलकुद २०७९ को खर्च विवरण सार्वजनिक



काठमाडौं,२४ साउन । राष्ट्रिय खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा भएको खर्च विवरण सार्वजनिक गरेको छ ।

राखेपले बुधबार एक कार्यक्रम गर्दै खर्च सार्वजनिक गरेको हो । राखेपले १० महिनापछि सार्वजनिक गरेको खर्च अनुसार नवौं राष्ट्रिय खेलकुद सञ्चालनका लागि ५३ करोड ७९ लाख ४ हजार २३९ रुपैयाँ खर्च भएको छ ।

नवौं खेलकुद गण्डकी प्रदेशको पोखरा लगायत ८ जिल्लामा २०७९ असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन भएको थियो ।

राखेपका अनुसार उक्त प्रतियोगितामा ३ हजार ४ सय १४ जना पुरुष र २ हजार ७ सय १३ जना महिला सहित कुल ६ हजार १ सय २७ जना खेलाडीले ३९७ स्वर्ण, ३९७ रजत र ५५३ कास्य सहित कुल १३४७ पदका लागि प्रतिष्पर्धा गरेका थिए ।

११ टिमको सहभागिता रहेको खेलमा नेपाल आर्मीले प्रथम उपाधि प्राप्त गरेको थियो ।

यस्तो छ राखेपले सार्वजनिक गरेको खर्च विवरण



प्रतिक्रिया दिनुहोस्