Logo

मालिक होइन, जनताका सेवक हौँ, सेवक भएर सेवा दिनुस् : रक्षामन्त्री खड्का



काठमाडौं, २४ श्रावण । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मालिक नभएर जनताको सेवक हुन निर्देशन दिएका हुन्।

बुधबार रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै रक्षामन्त्री खड्काले मालिक नभएर जनताको सेवक हुन निर्देशन दिएका हुन्।

उनले भने, ‘समय तालिका बनाउनुस्, कुन कामलाइ कति समय लाग्ने हो, जनताले देख्ने गरि सार्वजनिक जानकारी दिनुस्। सरकारी निकायमा काम गर्ने कार्यालय सहयोगीदेखि मन्त्रीसम्म सबैले कुन काममा कति समय लाग्ने हो त्यो भन्नु पर्यो, तर ढिला सुस्ती गर्न पाइदैन।’

‘निर्णयमा अल्मल्याने, सकेसम्म ढिला गरेकोमा मजा मान्ने, सकेसम्म फाइल थन्काएर यसो एक दुइ पटक हात जोडेर मेरो काम ढिला हुन थाल्यो, मेरो काम गरिदिनुसन भनेको कुरामा रमाउने जुन प्रवृति छ यो मालिक प्रवृत्ति हो। हामी मालिक होइन, जनताका सेवक हौँ, सेवक भएर सेवा दिनुस्,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्