काठमाडौं, २४ श्रावण । एमाले नेता महेश बस्नेतले रास्वपा सभापति रवि लामिछानेलाई मुग्लिङ्ग–नारायणगढ सडकमा जाम हटाउन वाकिटकीसहित टोली खटाएपछि टिप्पणी गरेका छन्।
बुधबार सामाजिक सञ्जालमा एक स्ट्याट्स लेख्दै नेता बस्नेतले सभापति लामिछानेलाई त्यसो गर्न पत्रकार हुँदा त ठिकै हो नेता भएपछि नि समानान्तर राज्यको अभ्यास गर्न मिल्ला र भन्दै प्रश्न गरेका हुन्।
उनले लेखेका छन् :
रास्वपाले मुग्लिङ्ग–नारायणगढ सडकमा जाम हटाउन वाकिटकी सहित खटिएपछि जिप्रका चितवनले त्यस्तो नगर्न भनेछ। सडक अवरुद्ध हटाउन कुनै अमुक दलको सहयोग नलिईएको र स्वीकृति नदिइएको बताएको छ। पत्रकार हुदाँ त ठिकै हो नेता भएपछि नि समानान्तर राज्यको अभ्यास गर्न मिल्ला त रवि जी !