Logo

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं,२५ साउन । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला सात सयले गिरावट आएको हो ।

तोलामा ७ सयले घटेको सुन बिहीबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै बिहीबार तेजाबी सुन तोलाको एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot