Logo

कांग्रेस कमजोर हुँदा कोहीपनि बलियो हुँदैन,पार्टीले गरेका राम्रो कामको प्रचार गर्नुपर्छ: प्रकाशमान सिंह



काठमाडौं,२५ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी कमजोर हुँदा अन्य पक्षलाई फाइदा पुग्ने भन्दै पार्टीलाई कमजोर बनाउन लाग्न नहुने बताएका छन् ।

बिहीबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं १ मा आयोजित कार्यक्रममा बोल्दै सिंहले कांग्रेसले गरेका राम्रा कामको प्रचार–प्रसारमा लाग्नुपर्ने बताएका हुन्।

‘कांग्रेस कमजोर हुँदा कोही व्यक्ति बलियो हुन सक्दैन । सस्तो प्रचार बाजीमा लागेर पार्टी नेताहरुविरुद्ध सार्वजनिक टिप्पणीले कसैलाइ हित हुँदैन,’ उनले भने, ‘बिमतिहरु हुनसक्छ चित्त नबुझन सक्छ ती कुरा पार्टी भित्र औंपचारिक या अनौपचारिक छलफलमा उठाउन सकिन्छ ।’

चित नबुझेको बोल् पाइएपनि सार्वजनिक रुपमा वादविवाद गरिँदा पार्टीलाई अहित हुने भन्दै उनले त्यसमा ख्याल राख्न समेत आग्रह गरे ।

उनले पहिले जस्तो अवस्था अब नरहेको बताउँदै समय परिस्थितिअनुसार चल्न नसके कांग्रेसलाई पनि गाह्रो पर्न सक्ने उल्लेख गरे।  file photo 



प्रतिक्रिया दिनुहोस्