Logo

कपनका स्थानीय र काठमाडौं महानगरका प्रहरीबीच झडप



काठमाडौं, २५ श्रावण । कपनका स्थानीयवासी र काठमाडौं महानगरका प्रहरीबीच कपनमा झडप भएको छ।

बिहीबार महानगरले खोलामा अतिक्रमित बनाएर बनाइएका संरचनाहरू भत्काउनका लागि डोजर पठाएपछि स्थानीयले विरोध गर्दा झडप भएको हो।

स्थानीयहरूले महानगरले आफूहरूसँग कुनै सल्लाह नगरिकनै खोलामाथि बनाइएका सामाग्रीहरू भत्काउन लागेको भन्दै महानगर प्रहरी र स्थानीयबीच झडप भएको हो।

कपन क्षेत्र महानगर र बुढानिलकण्ठ नगरपालिकाको सिमानामा पर्छ।

file photo



प्रतिक्रिया दिनुहोस्