Logo

चलचित्र वरिष्ठ बलराममा भित्रिए दयाहाङ



काठमाडौं,२५ साउन । नेपालमा पछिल्लो समयका सबैभन्दा व्यस्त नायकमध्येका एक दयाहाङ राई चलचित्र वरिष्ठ बलराममा अनुबन्धित भएका छन् ।

रोहित अधिकारीले निर्माण गर्न लागेको चलचित्रमा राई अनुबन्धित भएका हुन् ।

ओम अग्रवालले रोहितसँग फिल्म निर्माणमा सहकार्य गरेका छन्। मनोज ओली र रामु न्यौपाने फिल्मका सह–निर्माता हुन्।

यस चललिचत्रमा यसअघि नै खगेन्द्र लामिछाने, दिव्या रायमाझी, विजय बराल र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन् । दिव्या कलाकार दिलिप रायमाझीकी छोरी हुन् ।

रोहित अधिकारीले यसअघि छ माया छपक्कै र गाजलु नामका दुई चललिचत्र निर्माण गरिसकेका छन् । जसमा दुबै चलचित्र नेपाली सिने जगतमा सफल सावित भएको थियो ।

दयाहाङ अनुबन्धित भएसँगै चलचित्रमा अब एकजना मात्रै कलाकारको खोजी भईरहेको निर्माता रोहित अधिकारी बताउँछन् । उनका अनुसार वरिष्ठ बलराम आगामी मंसिर १ गतेबाट छायाँकनमा जानेछ ।

दयाहाङ नेपालमा पछिल्लो समयका सबैभन्दा हिट सिनेमा दिने नायक हुन् । उनका गतवर्ष प्रदर्शन भएका कबड्डी ४, फुलबारी, दुई नम्बरीलगायतका चलचित्र बक्स अफिसमा हिट भएका थिए, भने यस वर्षको बैशाख १ गते प्रदर्शमा आएको चलचित्र जारीले सर्वाधिक कमाई गरेर रेकर्डसमेत राख्ने दिशामा अघि बढिरहेको छ । भने उनी अभिनित बहुप्रतिक्षित चलचित्र नाङ्गो गाउँ यहि भाद्र अन्तिम साता प्रदर्शनमा आउँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot