काठमाडौं,२५ साउन । जिल्ला प्रशासन कार्यालय सप्तरीले बनाएको नयाँ नियमविरुद्ध सप्तरीका पत्रकारहरु आन्दोलित बनेका छन् ।
सरकारी कर्मचारी बस्ने कुर्सीमा कर्मचारीको छोराछोरी बसेको तस्बिर र भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि मंगलबार सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले सुरक्षा संवेदनशीलता र कर्मचारीको गोपनियतालाई ध्यानमा राखेर सेवा लिन आउने सेवाग्राही लगायतका कोही कसैलेपनि कार्यालयभित्र प्रवेश गरेर तस्बिर खिच्न र सामाजिक सञ्जालमा सार्वजनिक गर्न प्रतिवन्ध लगाएका थिए ।
जिल्ला प्रशासनको त्यस्तो उर्दीविरुद्ध पत्रकार महासंघ सप्तरीले आज प्रदर्शन गरेको हो । प्रेस स्वतन्त्रता कायम गर् । सिडियोको उर्दी फिर्ता गर भन्दै पत्रकार महासंघको टोलीले जिल्ला प्रशासन कार्यालको गेट बाहिर प्रदर्शन गरेको हो ।