Logo

जातजातिका नाममा घृणा र फाटो ल्याइयो भने हाम्रो देश जोगिँदैन : अध्यक्ष ओली



काठमाडौं, २५ श्रावण । एमालेका अध्यक्ष केपी शर्मा ओलीले जातजातिका नाममा घृणा र फाटो ल्याउन सफल भइयो भने देश नजोगिने बताएका छन्।

बिहीबार २९औं विश्व आदिवासी दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा बोल्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘यदि कुनै पनि हिसाबले हामीलाई जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीच विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ। त्यतिबेला हाम्रो देश जोगिँदैन। जोगाउन सकिँदैन।’

यस्तो उनले राष्ट्रिय एकताले मात्रै देशको रक्षा र विकास हुने बताए।



प्रतिक्रिया दिनुहोस्