Logo

‘संसद्मा ब्रिफकेस च्यातेको र कुर्सी फोडेको इतिहास हामीले देखेका छौं, प्रतिपक्षी दललाई कमजोर नआँक’



काठमाडौं,२६ साउन । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद भगवती न्यौपानेले संसद्मा प्रतिपक्षी दललाई कमजोर नआँक्न सरकारलाई चेतावनी दिएकी छन् ।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा समसामयिक विषयमा आफ्नो धारणा राख्दै सांसद न्यौपानेले सरकारले सबै दललाई मिलाएर अगाडि बढ्न पर्नेमा प्रतिपक्षी दल र प्रतिपक्षीको आवाजलाई लत्याउन खोजे राम्रो नहुने बताईन् । उनले नेपालकै संसदको इतिहासमा ब्रिफकेस च्यातेको र कुर्सी फोडेकको घटना साची रहेको स्मरण गराउँदै प्रतिपक्षीलाई कमजोर नआँक्न आग्रह गरिन् ।

‘सदन अवरुद्धको विष्यमा विभिन्न ढंगले कुरा उठाइएको छ । म भन्न चाहान्छु हामीले विगत देखेका हौं ब्रिफकेस खोसिएको, कुर्सी फोडिएको इतिहासपनि हामीले देखेका हौं’ उनले भनिन् । ‘तर हामी त्यो ढंगले अगाडि बढेका छैनौं हामीले जतिपटक सदनमा कुरा उठाईरहेका छौं सदन अवरुद्ध गरिरहेका छौं हामीले उठाएका मुद्दा जायज छन् । जिम्मेवार व्यक्तिले राष्ट्रियतामाथि धावा बोल्दा सत्तापक्ष कै साथीहरुले यो देशको राष्ट्रियताकोविरुद्धमा धावा बोल्दा हामीले सदन अवरुद्ध गरेका छौं’ ।

उनले आफुहरुलाई सरकारले सदन अवरुद्ध गर्न बाध्य पारेको आरोप लगाएकी छन् । ‘संविधानलाई च्यात्दा, कानूनको धज्जी उडाउँदा हामीले सदमा आवाज उठाएका छौं’ उनले भनिन् ‘ हामीलाई बाध्य बनाइएको छ । हाम्रा आवाजहरु जव बेवास्ता गरिन्छ तव हामी सदन अवरुद्ध गर्न बाध्य हुन्छौं । आजपनि सदन अवरुद्ध भईरहेको छ । सदन हामीले रहर र रमाईलोका लागि अवरुद्ध गरेका छैनौं यो बाध्यता हो । यो देशमा तस्करहरुको अखडा बन्न नदिन हामीले सदन अवरुद्ध गर्नुपरेको हो ।



प्रतिक्रिया दिनुहोस्