काठमाडौं,२६ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजपनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ ।
शुक्रबारको बैठकमा दलीय आधारमा नेताहरू बोलिसकेपछि एमाले सांसदहरूले अवरोध गरेका थिए । एमालेका सांसदलाई बोल्न दिन लाग्दा सत्तापक्षका सांसदहरूले उठेर विरोध जनाएका थिए ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गर्दै आइरहेको छ ।
सत्ता र प्रतिपक्षी दुबैतर्फका सांसदहरुले बैठक अवरुद्ध गरेपछि कार्यसूचीमा प्रवेश नै नगरि बैठक साउन ३१ गते बुधबार दिउँसो १ बजेसम्म स्थगित भएको छ ।