Logo

सुनिल शर्मा पक्राउबारे सदन उठ्यो कुरा,एमालेले जनायो आपत्ति



काठमाडौं,२६ साउन । शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा.सुनीलकुमार शर्माको बारेमा संसद्मा कुरा उठेको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुरा उठाएको हो । एमाले सांसद ज्वालाकुमारी साहले सुन बरामद प्रकरणमा आवाज उठाईरहेका सांसद शर्मालाई पक्राउ गरेको भन्दै आपत्तिसमेत जनाएकी छन् ।

उनले भनिन्, ‘सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाइरहेको व्यक्तिलाई कुन हिसाबले पक्राउ गरियो र ? कानूनले पनि मिल्दैन । उहीले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ । त्यसको घोर आपत्ति जनाउँछु ।’

शर्मालार्ई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्