Logo

रास्वपाको घोषणाः सदन अवरुद्ध भएको दिनको सेवा सुविधा लिँदैनौं



काठमाडौं,२६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले सदन अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि बाहिरिने क्रममा सभापति रवि लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिन व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताए ।

उनले भने, ‘हामीले सभामुखलाई दलको तर्फबाट संसद सुचारु गर्नको लागि संसदीय अभ्यासभित्र रहेर संसद निरन्तर चलोस् भनेर सभामुखलाई औपचारिकरूपमा पत्र दर्ता गराएका छौं ।’

गत साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरुद्ध गरेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot