Logo

कांग्रेस संसदीय दलको बैठक सुरू, यी हुन् प्रमुख एजेण्डा



काठमाडौं,२६ साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो ।

कांग्रेसले संसदीय दलको बैठकमा छलफलका लागि ६ वटा एजेण्डा तय गरेको छ । कांग्रेसले निरन्तर रुपमा भइरहेको सदन अवरुद्धको विषयलाई पहिलो प्राथमिकतामा राखेको छ ।

यस्तै, बैठकमा पार्टीका सांसद सुनिल शर्मा पक्राउको विषयमा पनि छलफल हुने जनाइएको छ । सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार पक्राउ गरेको थियो ।

यस्तो छ कांग्रेसले संसदीय दलको बैठकमा निर्धारण गरेको एजेण्डा



प्रतिक्रिया दिनुहोस्

Screenshot