Logo

नक्कली नोटसहित काठमाडौंबाट ९ जना पक्राउ, ५२ लाखभन्दा धेरै नक्कली नोट बरामद



काठमाडौं,२६ साउन । प्रहरीले झण्डै ५३ लाख नक्कली नोटसहित ९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आज काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नक्कली नोटसहित पक्राउ गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार काठमाडौं आउँदै गरेको लु१प५ नम्बरको हरियो नम्बर प्लेट भएको पर्यटक बसबाट ३५ लाख ७३ हजार रुपैयाँ बरामद गरेको हो । त्यसकै आधारमा खोजतलास गर्दा गोंगबु बसपार्क र भक्तपुरको चाँगुनारायण नगरपालिका-४ चाँगु बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

नक्कली नोटसहित पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र पार्वती नेपाली रहेका छन् । उनीहरुको साथबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद भएको प्रहरीको भनाइ छ ।

यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

photo by: Mukunda Kalikote  Reports Nepal  



प्रतिक्रिया दिनुहोस्

Screenshot