Logo

माधव नेपाललाई सरकारले विदेश भगाएको एमाले सांसद साहको आरोप



काठमाडौं,२६ साउन । नेकपा एमालेकी सांसद ज्वालाकुमारी साहले सरकारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विदेश भगाएको आरोप लगाएकी छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व कृषिमन्त्रीसमेत रहेकी साहले ललिता निवासको जग्गा प्रकरणमा सर्वोच्च अदालतले छानविन गर्न माग गरेकै भोलिपल्ट सरकार स्वयंले विदेश भगाएको दाबी गरिन् ।

‘सही तरिकाले छानबिन गरिएको भए ललिता निवास प्रकरणमा छानबिन गर्न पक्राउ गर्नुपर्ने व्यक्ति माधवकुमार नेपाल लाई सरकारले विदेश भगाएको छ’, उनले भनिन्, ‘माधव नेपाललाई विदेश जानबाट नरोकेर सरकारले गल्ती गरेको छ।’

सर्वोच्चका न्यायाधीशद्धय अनिलकुमार सिन्हा र हरि फुयाँलको संयुक्त इजलासले साउन २१ गते तत्कालिन प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई अनुसन्धान गर्न आदेश दिएको थियो । सर्वोच्चले आदेश दिएको भोलिपल्टै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल पार्टी कामका लागि भन्दै जेनेभा प्रस्थान गरेका थिए । उनी भदौं लागेपछि मात्र नेपाल फर्किने बताइएको छ ।

file photo\ reports Nepal 



प्रतिक्रिया दिनुहोस्