काठमाडौं,२६ साउन । बिहीबार पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगेको हो । सरकारी वकिलको कार्यालयबाट शर्मालाई जिल्ला अदालत लगिनेछ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर उच्च शिक्षा लिएको आरोपमा सांसद शर्मालाई सीआईबीले हिजो पक्राउ गरेको थियो ।
नेपाली कांग्रेसका सांसद सुनिल शर्मासमेत गर्दा उक्त प्रकरणमा समातिनेको कूल संख्या हालसम्म ८ पुगेको छ।