Logo

‘माधव नेपाललाई विदेश पठाउने, हाम्रा नेतालाई छानिछानी धरपकड गर्ने ?’



काठमाडौं,२६ साउन । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेपछि कांग्रेसको संसदीय दलको बैठकमा सरकारले कांग्रेसका नेताहरूलाई मात्र लक्षित गरेर धरपकड गरिरहेको भन्दै यसबारेमा नेतृत्वको धारणा माग भएको छ ।

शनिवार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसद उदय शमसेर जबराले सुन तस्करी प्रकरणमा प्रहरीले माओवादी नेताहरूको नाम किटानी गर्दासमेत पक्राउ नपर्दा कांग्रेस नेताहरु धमाधम पक्राउ परेको भन्दै नेतृत्वको धारणा माग गरेका हुन् ।

राणाले भने, ‘हाम्रो पार्टी सरकारमा छ । तर, हामी सरकारमा भइरहँदा हाम्रा नेताहरूलाई मात्र किन टार्गेट गरिएको छ । पहिले बालकृष्ण खाणलाई पक्राउ गरियो, अहिले विजय गच्छदारलाई पक्राउ पूर्जी जारी गरिएको छ, सांसद सुनिल शर्मालाई समातिएको छ । जबकी कम्युनिष्ट नेताहरूको संलग्नताका काण्डहरू आउँदा पनि ढुक्कले अदालतको आदेश आइसक्दा पनि विदेश भ्रमणमा जान दिइएको छ ।’



प्रतिक्रिया दिनुहोस्