काठमाडौं,२६ साउन । जनता समावादी पार्टी नेपालले २०६३ साल चैत ७ गते रौतहटको गौरमा भएको नरसंहारकारी गौर हत्याकाण्डको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जसपाले सरकारले घटनाका पीडितहरुसँग ५ बुँदै सहमति गरेर फसाउन खोजेको आरोपसमेत लगाएको छ।
पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन माओवादी नेता प्रभु साहसहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे ।
जसपाले गौर हत्याकाण्डबारे नेपाल सरकारले गठन गरेको सर्वोच्च अदालतका तत्कालीन बहालवाला न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठिन उच्चस्तरीय न्यायायिक छानबिन समितिको प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोग, तत्कालीन जिल्ला प्रशासन र प्रहरीले सरकार समक्ष बुझाएका प्रतिवेदन, पाटन पुनरावेदन अदालतका न्यायाधीश र सुरक्षा निकायका अधिकारीहरु रहेको जाँचबुझ आयोग लगायतले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
२०६३ सालमा गौरमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडपमा २७ जनाको मृत्यु् भएको थियो । सोही घटनाका पीडकहरुलाई कारबाहीको माग गर्दे पीडितहरुले आन्दोलन गरेपछि केहीदिन अघि सरकार र पीडितहरुबीच दोषीलाई कारबाही गर्ने सहमति भएको थियो ।
यस्तो छ जसपाले जारी गरेको विज्ञप्तिको पूर्णपाठ