Logo

सम्पूर्ण युवा लागे देशले आगामी दिनमा कोल्टे फेर्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २७ श्रावण । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण युवाहरू लागे देशले आगामी दिनमा कोल्टे फेर्ने बताएका छन्।

शनिबार चितवनमा युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण युवा लागे नेपालले आउने दिनहरुमा कोल्टे फेर्ने बताएका हुन्।

उनले देशले नयाँ गति लिइरहेको बताउँदै भने, ‘विस्तारै देशले नयाँ गति लिँदै छ। देश भित्र र देश बाहिर रहेका लाखौँ युवालाई आफ्नो सृजना र क्षमतालाई राष्ट्रको पक्षमा राष्ट्रको विकासमा र देश भित्र नै विकासको नयाँ गति पैदा गर्नको लागि अपिल गर्न चाहन्छु।’

यस्तै, उनले शुक्रबार सिंहदरबामा वैदेशिक रोजगारमा गएका युवाहरूको समस्याको समाधानका लागि छलफल गरेको बताए। उनले भने, ‘हिजो मात्रै सिंहदरबारमा ठुलो भेला गराएर छलफल गराएको थिए। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रमबजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको छ। यसले युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।’



प्रतिक्रिया दिनुहोस्