Logo

सुनिल शर्माले सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै रहेर मन्त्रीमाथि औंला उठाउनुभयो : अध्यक्ष लिङ्‍देन



काठमाडौं, २७ श्रावण । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेर रिहा भएका कांग्रेस सांसद सुनिल शर्माले सत्तापक्षकै भएरपनि सुन तस्कर र भ्रष्टाचारप्रति सरकार पक्षकै मन्त्रीमाथि औंला उठाएको बताएका छन्।

शनिबार ३४औं अन्तर्राष्ट्रिय युवा दिवसको पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्‍देनले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘डा. सुनिल शर्मा पक्राउ प्रकरण यो पहिला नै अनुसन्धान सकिएर बसेको थियो। अहिले नै किन कार्यान्वयन गरियो ? यति नै बैला , सुनिल शर्माले सत्ता पक्षकै सांसद भएर पनि सरकारका मन्त्रीहरु र सुन तस्कर र भ्रष्टाचारप्रति सरकारपक्षमै मन्त्रीहरुमाथि औंला उठाउनुभयो। र फेरि समातेर किन फेरि छोड्नुपर्ने र अरुलाई किन थुनामै राख्नुपर्ने परिस्थिति भयो, त्यो बारेमा अब यो छलफलको विषय हुँदैछ, राप्रपाले अहिले सत्तालाई प्राथमिकतामा राखेको छैन।’



प्रतिक्रिया दिनुहोस्