Logo

नोवेलमा अस्पतालजन्य फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखिकरण तालिम



काठमाडौं, २७ श्रावण । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा अस्पतालजन्य फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखिकरण तालिम हुँदै आएको छ।

विभिन्न विभागका रेजिडेण्ट चिकित्सक, इन्टर्न, नर्सिङ्ग कर्मचारी, सरसफाई कर्मचारीलगायतका सहभागीहरूलाई विभिन्न चरणमा अभिमुखिकरण गरिएको हो। कार्यक्रमको सहजिकरण सहप्राचार्य एवं प्याथोलोजि विभागका प्राध्यापक डा. ऋतु बराल, नर्सिङ्ग निर्देशक (क्लिनिकल) प्रतिक्षा त्रिपाठीले गरेका थिए।

नोवेल हस्पिटलमा अस्पतालजन्य फोहोरको निर्मलीकरणको कार्यलाई थप व्यवस्थित गर्न नयाँ अटोक्लेभ मेशिन पनि जडान भएको अस्पतालले जनाएको छ। सुरक्षित तवरले फोहोर व्यवस्थापन गर्न अटोक्लेभ, प्लासेन्टा पिट, बायोग्यास, गोवर/कम्पोष्ट मल पिट जस्ता अत्यावश्यक पूर्वाधारको व्यवस्था रहेको छ भने फोहोरको श्रोतमा नै छनौट र संकलनलाई त्यतिनै महत्त्वका साथ गर्ने गरिएको नोवेलले जनाएको छ।

फोहोर व्यवस्थापनमा एकरुपता ल्याउन र यसलाई प्रभावकारी ढंगले व्यवस्थित गर्न नियमित समयतालिका अनुसार गरिने अभिमुखिकरणले ठूलो भूमिका खेलेको नोवेलले जनाएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot