Logo

एनआरएनए सचिवमा अष्ट्रेलियाबाट डा. रेग्मीको उम्मेद्‍वारी



काठमाडौं, २७ श्रावण । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिवमा अष्ट्रेलियाबाट डा. ज्ञानेन्द्र रेग्मीले उम्मेदवारी घोषणा गरेका छन्।

रेग्मी एनआरएनए अष्ट्रेलियाका पूर्व महासचिव हुन्। एनआरएनएमा रेग्मीको एक दशकभन्दा लामो अनुभव छ।

संघमा बसेर लामो समय काम गरेको अनुभव उनीसँग छ। ‘अब नौला तथा रचनात्मक कामको सुरुवात गर्नुपर्छ। त्यसैले सचिव पदमा उम्मेदवारी दिन लागेको हो,’ आफ्नो उम्मेदवारीबारे जानकारी दिँदै उनले भने।

सिभिल इन्जिनियरिङ्गमा विद्यावारिधी गरेका रेग्मी अस्ट्रेलियन राज्य सरकारको जलस्रोत विभागमा सिनियर इन्जिनियरका रुपमा कार्यरत छन्।

उनी सन् २००४ मा अध्ययनका लागि रेग्मी जापान जापान थिए। जापानपछि न्युजिल्याण्डहुँदै अस्ट्रेलियालाई कर्मथलो बनाएका रेग्मी एनआरएनए अभियानमा सक्रिय अभियान्ता मानिन्छन्।

‘संस्था ठूलो हुँदै गइरहेको छ। राम्रा काम पनि भइरहेका छन्। तर, विकृति पनि उत्तिकै छ, गुटभन्दा माथि उठेर संस्थालाई हाम्रो र राम्रो संस्था बनाउने मेरो भूमिका हुनेछ,’ रेग्मी भन्छन्, ‘संसारभरका नेपालीको साझा संस्था भएकोले यसलाई सबैको हकहीतको लागि मेरो पहल हुनेछ।’

नीति निर्माण तहमा पुगेर संस्थालाई योगदान गर्ने आफ्नो इच्छा रहेको उनले बताए।



प्रतिक्रिया दिनुहोस्