Logo

एनआरएनए उपाध्यक्षमा केसीद्वारा उम्मेद्‍वारी घोषणा



काठमाडौं, २७ श्रावण । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा अष्टेलिया निवासी हालका उपमहासचिव गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।

गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आएका केसीले ११औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

वर्तमान आइसिसी उपमहासचिव केसीले एनआरएनए अग्रजहरुको सल्लाह सुझाव अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन लागेको बताए।

एनआरएनए अष्टेलियाको पूर्वअध्यक्ष हुँदै एनआरएनएका विभिन्न ट्राक्स फोर्समा रहेर जिम्मेवारी निर्वाह गरिसकेका केसी एनआरएनएमा सक्रिय अभियन्ता हुन्।

हाल एनआरएनए स्कील तथा भोकेशनल एजुकेशन कमिटिको संयोजकको भूमीकामा रहेका केसीकै नेतृत्वमा नेपालमा विदेशी ज्ञान, सीप र प्रविधि हस्तान्तरण गर्दै सीपमूलक कार्यक्रम समेत सञ्चालन हुँदैछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot