Logo

बर्दियाको रम्भापुरमा भारी वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको सुझाव



काठमाडौं,२९ साउन । बर्दियास्थित रानी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रमा बाढीको जोखिम बढ्दै गएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले उक्त क्षेत्रमा बाढी आउन सक्ने हुँदा नदी तटीय क्षत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

महासाखाले जारी गरेको सूचनामा भनिएको छ– पछिल्लो ३ घण्टामा बर्दियाको रम्भापुर, रानी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुने पूर्वानुमान छ। सो क्षेत्र भई बहने ससाना खोलामा आकस्मिक बाढी आउनसक्ने, तटीय क्षेत्रमा रहनुहुनेले दिउँसोसम्मै सतर्कता अपनाऔँ।

अहिले काठमाडौं उपत्यकासहित देशैभर भारीमात्रामा वर्षा भईरहेको छ । यो क्रम सोमबारसम्म रहने मौसमविद्धहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्